Tuesday, August 30, 2016

यौन सम्पर्क गर्न नमानेको भन्दै एक महिलाको हत्या-हेर्नुहोस समाज कता जादैछ जनचेतनाको लागी सबैले सेर गरौ।

भैरहवा यौन सम्पर्क गर्न नमानेको भन्दै रुपन्देहीका एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन् रुपन्देहीको सिपवा का २५ वर्षीय शैलेश मल्लाहले महिनाकी गर्भवती श्रीमती सुनितालाई कुटपिट गरी हत्या गरेका हुन्
सुनिताको
हत्या अभियोगमा पक्राउ परेकाहरु सुनिताका श्रीमान् शैलेश (बीचमा, कालो ज्याकेट लगाएका )
गत शनिवार मादक पदार्थ सेवन गरी घर आएका शैलेशले श्रीमतीसँग यौन सम्पर्क गर्न खोजेका थिए तर, सुनिताले पेटको बच्चालाई असर गर्ने भन्दै श्रीमान्को आग्रहलाई मानिनन् त्यहि रिसमा शैलेशले श्रीमतीको पेटमा लाठी बर्साउन सुरु गरे नयाँ सन्तानलाई संसार देखाउने अन्तिम तयारीमा रहेकी सुनिताको अन्ततः प्राण पखेरु उड्यो

लगत्तै
श्रीमान् शैलेशले केही छिमेकीको मिलोमतोमा लुकिछिपी श्रीमती सुनिताको दाहसंस्कार गरे हत्या भएको जानकारी पाएलगत्तै घाटमा पुगेको प्रहरीको टोलीले सुनिताका श्रीमान शैलेशसहित मलामी गएका जनालाई पक्राउ गरी अनुसन्धान सुरु थालेको थियो

सुनिताको
दाहसंस्कार गरिएको स्थान ‘प्रारम्भिक अनुसन्धानको क्रममा श्रीमानले यौनसम्पर्क गर्न खोज्दा श्रीमतीले नमानेपछि हत्या गरेको खुलेको ,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामेश्वर कार्कीले भने सुनिताको हत्या गरी लुकिछिपी दाहसंस्कार गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले सुनिताका ६० वर्षीय ससुरा रतन मल्लाह, छिमेकी २६ वर्षीय शिवदास कलवार, २७ वर्षीय शिवड मल्लाह २५ वर्षीय सुरज मल्लाहलाई हिरासतमा राखेर अनुसन्धान जारी राखेको |

No comments:

Post a Comment