केबुलकार छाडेर भलेश्वोर महादेव दर्शन गर्न जादा पकाएका खानेकुरा, पिए पदर्थ
बोकेर जादा सुरक्षामा खलल पुग्छ रे ।
रु १५० पर्ने बियर रु. ५००
१ छाक भात खको रु. ५६०
१ प्लेट मम रु. २९०
रु. ४० पर्ने आईसक्रीम रु. १२५
रु. १५ पर्ने १ वोता जेरी रु. ५०
रु. १५ पर्ने १ कप चिया रु. ९०
२.५ किमी यात्रा गर्न केबलकार टिकट रु. ७००
१ छाक भात खको रु. ५६०
१ प्लेट मम रु. २९०
रु. ४० पर्ने आईसक्रीम रु. १२५
रु. १५ पर्ने १ वोता जेरी रु. ५०
रु. १५ पर्ने १ कप चिया रु. ९०
२.५ किमी यात्रा गर्न केबलकार टिकट रु. ७००
कम्पनीकै रेस्टुराँमा नखाला भनेर झोलामा केहि बोक्न नपाईने कस्तो अत्यचार
!! परापूर्वकाल देखी प्रसिध धर्मिकस्थल चन्द्रागिरिमा कुनै एक निजी कम्पनीको हास्एस्पद
तथा एक्लौती नियम लगौउदै !!
कर्मचारीको असाबधानिले मिती चाही २०७४-०६-०९ छापेको छ्न ।
काठमाडौं, १८ कात्तिक । राजधानीबाट नजिकै केबुलकार चढेर चन्द्रागिरीमा भालेश्वर मन्दिरमा दर्शन गर्न जाने क्रम बढेको छ । चन्द्रागिरीको केबुलकारले भारतीय पर्यटकलाई समेत आकर्षित गरेको छ । सार्वजनिक बिदाका दिन चन्द्रा गिरीमा केवुलकार चढ्न जानेको चाप ह्वात्तै बढेको छ । केवुलकार चल्न थालेपछि स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइचो सुरु भएको छ । तर केवुलकार चढ्न र भालेश्वर मन्दिरको दर्शनका लागि जानेहरुले त्यहाँ खानेकुरादेखि हरेक कुरा अति महंगो भएको गुनासो गरेका छन् । चन्द्रागिरी जानेहरुले केवुलकार चढ्न वा मन्दिर दर्शनका लागि जाँदा खानेकुरा लान निषेध गरेकोमा पनि त्यहाँ जानेहरुले विरोध गरेका छन् । चन्द्रागिरीमा गएर आउनेहरुले सामाजिक संजाल फेसबुकमा चन्द्रागिरी हिल्स प्रालिले खानेकुरा लान नदिने, त्यहीँको खानुपर्ने सिन्डीकेट लादेकोमा विरोध गरेका छन् । नेपाल विद्यार्थी संघकी उपाध्यक्ष उर्मिला थपलियाले सामाजिक संजाल फेसबुकमा चन्द्रागिरी हिल्स प्रालिले आन्तरिक तथा विदेशीहरुसँग अति नै महंगो दररेटमा खानुपर्ने बाध्यता सृजना गर्नुलाई लुटको संज्ञा दिएकी छिन् । उपाध्यक्ष थपलियाका अनुसार चन्द्रागिरीमा जानेहरुले खानेकुरा लान निषेध गरिएको छ । र, त्यहीँको खानुपर्ने बाध्यता छ । चन्द्रगिरी हिल्सले संचालन गरेको रेष्टुरेन्टमा १ सय ५० रुपैयाँ पर्ने क्यान बियरको ५ सय रुपैयाँ मूल्य तिर्नुपर्छ । १ छाक भात खाएको ५ सय ६० रुपैयाँ, एक प्लेट ममको २९० मूल्य तिर्नुपर्छ । बजारमा रु. ४० पर्ने आइसक्रिम रु. १२५ रुपैयाँ तिरेर खानुपर्छ । बजारमा १५ रुपैयाँमा पाइने जेरीको ५० रुपैयाँ तिर्नुपर्छ । १५ रुपैयाँको चियालाई ९० रुपैयाँ र २.४ किलोमिटर यात्रा गर्न केबुलकारको टिकट रु. ७ सय रुपैयाँ तिर्नुपर्ने छ । कम्पनीकै रेष्टुरेन्टमा नखालान् भनेर झोलामा केही बोक्न नपाउने कस्तो अत्याचार ? थपलिया लेख्छिन्, परापूर्वकालदेखि प्रसिद्ध धार्मिक स्थल चन्द्रागिरीमा कुनै एक निजी कम्पनीको ब्रम्हलुट हो । यस्तो लुट र भ्रष्टाचारको विरुद्ध थपलियाले हेलो सरकार लगायतका सराकारी निकायको ध्यानाकर्षण गराएकी छिन् ।
SOURCE: http://drishtinews.com/

No comments:
Post a Comment